लक्ष्मी लघुवित्तले खुलायो रोजगारको अवसर, के–के चाहिन्छ योग्यता ?

३२ श्रावण २०८०, बिहीबार १०:२१

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आईटी अफिसरमा १ जना स्थायी कर्मचारी माग गरेको छ ।

उक्त पदमा आवेदन दिनका लागि मान्यता प्राप्त शैक्षिक संस्थबाट कम्प्युटर इन्जिनियरिङ तथा कम्प्युटर साइन्स आईटी वा एमआईएस विषयमा स्नातक वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने छ । साथै आईटी कम्पनी वा बैंक तथा वित्तीय संस्था वा कुनै पनि संगठित संस्थामा आईटी सम्बन्धि कम्तिमा ३ वर्ष कार्यानुभव भएको व्यक्तिलाई विशेष प्राथमिकतामा राखिने कम्पनीले जनाएको छ ।

साथै, उमेरको हकमा २१ वर्ष पुरा भई ३२ वर्ष ननाघेको हुनुपर्नेछ भने महिलाको हकमा भने ५ वर्ष थप हुनेछ ।

आवेदन दिन योग्य तथा इच्छुक व्यक्तिले भदौ १८ गतेभित्र कम्पनीको वेवसाइट https://laxmilaghu.com.np बाट आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*