आठ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

३२ श्रावण २०८०, बिहीबार ११:१८

काठमाडौं । साता कारोबारको पाँचौ दिन बिहीबार सुनको मूल्य प्रतितोलामा ८०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोलामा ५ रुपैयाँले घटेको छ ।

नेपाल सनचाँदी व्यवासायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ११ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, अघिल्लो दिन प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भएको तेजावी सुन आज १ लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन १ हजार ३७५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*