१ लाख घुससहित पक्राउ परेका सिरहाका लेखा अधिकृत पोखरेल विरुद्ध अदालतमा मुद्दा दायर

३२ श्रावण २०८०, बिहीबार १६:१५

काठमाडौं । सडक डिभिजन लहान, सिरहाका लेखा अधिकृत पदम विनोद भनिने पद्म विनोद पोखरेललाई सेवाग्राहीबाट १ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले पक्राउ गरी विशेष अदालत काठमाडौंमा मुद्दा चलाएको छ ।

सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरेको खबर पाएपछि अख्तियार दुरुपयोग अनुसन्धाको कार्यायल, बर्दीबासबाट खटिई गएको टोलीले लेखा अधिकृत पोखरेललाई सेवाग्राहीबाट १ लाख घुस लिइसकेको अवस्थामा असार २६ गते पक्राउ गरेको थियो ।

पक्राउ गरी अख्तियारले अनुसन्धान गर्दा लेखा अधिकृत पोखरेलले १ लाख घुस लिएको पुष्टि भएको प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् । अहिले उनलाई १ लाख रुपैयाँ बिगो कायम गरी जरिवाना र सजायसमेतको मागदावी गर्दै साउन ३२ गते अदालतमा मुद्दा दायर गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*