एनआईबिएल सहभागिता फण्डका लगानीकर्ताले पाए नगद लाभांश

काठमाडौं । एनआईबिएल सहभागिता फण्डका लगानीकर्ताले नगद लाभांश पाएका छन् । फण्डले डिम्याट खातामा आफ्नो बैंक खाता अध्यावधिक गराएका लगानीकर्ताको बैंक खातामा नगद लाभांश जम्मा गरेको हो ।
साथै बैंकखाता अद्यावधिक नगराएका लगानीकर्तालाई खाता अध्यावधिक गराउन फण्डले आग्रह गरेको छ । फण्डले लाभांश पुनः लगानी योजनामा सहभागी नभएका लगानीकर्तालाई नगद लाभांश उनीहरुको खातामा पठाएको हो । लाभांश पुनः लगानी योजनामा सहभागी भएका लगानीकर्ताको हकमा भने उनीहरुले प्राप्त गर्ने थप इकाईहरु क्रमिक रुपमा लगानीकर्ताको डिम्याट खातामा पठाईने फण्डले उल्लेख गरेको छ ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक कोष प्रबर्द्धक तथा एनआईएआमबि एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “एनआईबिएल सहभागिता फण्ड” नामक खुलामखी योजनाले आर्थिक बर्ष २०७९।०८० का लागि सो योजनाका इकाईधनीहरुलाई कर सहित ४ प्रतिशत प्रतिफल (नगद लाभांश) वितरण गर्ने निर्णय गरेको छ ।
क्यापिटलले लाभांश वितरणको लागि साउन ११ गते बुक क्लोज गर्ने निर्णय गरेकोले साउन ११ गतेसम्म कायम रहेका इकाईधनीहरु मात्र माथि उल्लेखित लाभांशका लागि योग्य मानिने छन् ।












