सुनको मूल्य स्थिर चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

१ भाद्र २०८०, शुक्रबार १०:५५

काठमाडौं । शुक्रबार सुनको मूल्यमा स्थिरता आएसँगै चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुुसार आज छापावाला सुन प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनपनि सोही मूल्यमा कायम रहेर कारोबार भएको थियो । बिहीबार प्रतितोला १ लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भएको तेजावी सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*