एनआइबीएल सहभागीता फण्डको नगद लाभांश वितरण

१ भाद्र २०८०, शुक्रबार १६:३४

काठमाडौं । एनआइबीएल सहभागीता फण्डले आफ्ना इकाइधनीहरुलाई साउन २२ गतेदेखि बैंक खातामा नगद लाभांश वितरण गर्न थालेको हो ।

फण्डको योजना व्यवस्थापक एनआइएमबीएस क्यापिटलले हालसम्म पनि डिम्याट खाता नवीकरण नगराएका इकाइधनीहरुलाई खाता नवीकरण गर्न आग्रह गरेको छ ।

खाता नवीकरण गरेपछिमात्र लाभांश रकम जम्मा हुने साथै, हालसम्म डिम्याट खाता नखोलेका ग्राहकले खाता खोलेर इकाई डिम्याट गरी लाभांश लिन सकिनेछ ।  ।

इकाइधनीहरुले आफ्नो डिम्याट खाता खोलेको निक्षेप सदस्यमा गएर इकाई डिम्याट गरी नवीकरण गर्न सकिने फण्डले जनाएको छ । फण्डले आव २०७०।८० को नाफबाट ४ प्रतिशत करसहित नगद लाभांश वितरण गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*