सुनको भाउ तोलामा १०० रुपैयाँले घट्यो, चाँदीको स्थिर

३ भाद्र २०८०, आईतवार १२:२६

काठमाडौं ।  आइतबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ७५० रुपैयाँमा झरेको छ ।शुक्रबार भने सुनको भाउ स्थिर रहेको थियो । त्यस दिन सुन तोलामा एक लाख १० हजार ४०० रुपैयाँ कायम रहेको थियो ।

साताको पहिलो दिन, चाँदीको मूल्य स्थिर रहेर प्रतितोला एक हजार ३९० रुपैयाँ कायम रहेको छ ।

अघिल्लो साताको अन्तिम कारोबार दिन, चाँदी तोलामा २० रुपैयाँले महंगिदा प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*