कतिमा हुँदैछ आज सुन, चाँदीको कारोबार?

४ भाद्र २०८०, सोमबार ११:५०

काठमाडौं ।  नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहेको छ । योसँगै आज प्रतितोला फाइन गोल्ड १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ७५० रुपैयाँ कायम भएको छ।

हिजो सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ३९० रुपैयाँ कायम भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*