सप्तरीमा लघुवित्त विरुद्धको संघर्ष समितिद्वारा जिल्ला भेला तथा संगठन बिस्तार प्रशिक्षण कार्यक्रम

४ भाद्र २०८०, सोमबार १७:४३

काठमाडौं ।  सप्तरीको महुली बजारमा (लघुवित्त विरुद्धको संघर्ष समितिद्वारा जिल्ला भेला तथा संगठन बिस्तार प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। सप्तरी जिल्ला अध्यक्ष अनिता चौधरीको नेतृत्वमा सुरु भएको कार्यक्रममा उदयपुरका जिल्ला अध्यक्ष बिना मगर वरिष्ठ समाजसेवी तथा लघुवित्त विरुद्धका अभियानता मनोज पौडेल कार्यक्रमको प्रमुख अतिथि रहेको थियो ।

कार्यक्रममा केन्द्रिय सदस्य धनिकलाल चौधरी,  सप्तरी जिल्ला उपाध्यक्ष उमेश मगत,सप्तरी अभियानता सतिस चौधरी सुमन चौधरी,लगायत करिब ५ सय महिलाहरुको उपस्थिति रहेको आयोजकले जनाए। काठमाडौंको माइती घर मनडलाबाट सुरु भएको आन्दोलन बिगत १९ महिना देखि निरन्तर जारी रहेको छन्।पाँच सुत्रय माग राख्दै देशका विभिन्न जिल्लामा अव्यवस्थित रहेका लघुवित्त बितिय संस्थामा तालाबन्दी तोडफोड र कर्मचारीहरुलाई कुटपिट समेत गर्दै किस्ता बहिष्कार गरेका छन्।

सप्तरी जिल्ला भेला कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले माग पुरा नभए राज्य संग बिद्रोह गर्न तयार रहेको चेतावनी दिएका हुन। नेपालको दोश्रो महिला आन्दोलनको रूपमा रहेको आन्दोलन सशक्त रूपमा अगाडी बढीरहेको बताए। पछिल्लो केहि महिना अगाडी प्रदेश बन्द नेपाल बन्द लगायतका क्रियाकलापहरु गर्दै आएका हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*