दोस्रो दिनपनि लगातार बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
६ भाद्र २०८०, बुधबार १२:२४

काठमाडौं । दोस्रो दिनपनि सुनचाँदीको मूल्य लगातार बढेको छ । बुधबार सुन प्रतितोला १०० रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ ।
बुधबार छापावाला सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँमा बिक्री भइरहेको छ भने तेजावी सुन प्रतितोला १ लाख १० हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ ।
अघिल्लो दिन सुन प्रतितोला २०० रुपैयाँले बढेको थियो । हिजो सुन प्रतितोला १ लाख १० हजार ५० मा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेर १ हजार ४२५ मा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोलामा २५ रुपैयाँले बढेर १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।












