धादिङको गजुरी र मलेखुको बीचमा पर्ने छहराको सडकबाट बस सडकबाट त्रिशुली नदीमा खस्यो

६ भाद्र २०८०, बुधबार १२:१५

धादिङको गजुरी र मलेखुको बीचमा पर्ने छहरा नजिकै बस दुर्घटनामा परेको छ । दुर्घटनामा परेको बस सडकबाट त्रिशुली नदीमा खसेको हो ।

यतिबेला इलका प्रहरी कार्यालय गजुरीको प्रहरी टोली घटनास्थलमा पुगेर उद्धारको काम गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी सत्नु जैसवारका अनुसार काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बिहान ११ः १० बजे दुर्घटनामा परेको हो ।

गजुरी गाउँपालिका वडा नम्बर २ चालिसे मा पर्ने छहरा झरना नजिकै दुर्घटनामा परेको उनको भनाइ छ । दुर्घटनामा परेको बसमा कति यात्रु थियो भन्ने खुलेको छैन । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*