लगातार तेस्रो दिनपनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

७ भाद्र २०८०, बिहीबार ११:५६

काठमाडौं । बिहीबार पनि सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ५०० र चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको हो ।

अघिल्लो दिन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँमा काराबार भएको छापावाला सुन आज प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको तेजावी सुन आज १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ४६० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सोही परिमाणमा १ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*