प्याजको आयात खुलेसँगै कालिमाटीले तोक्यो मूल्य, किलोको कति ?

७ भाद्र २०८०, बिहीबार १३:५४

काठमाडौं । प्याजको आयात खुलेसँगै कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दैनिक मूल्य सूचीमा प्याजको भाउ तोकेको छ ।

सोमबारदेखि भारतले प्याजमा ४० प्रतिशत भन्सार शुल्क लिने निर्णय गरेसँगै व्यापारीहरुले प्याज आयात रोकेका कारण प्याजको अभाव भएपछि मूल्य निर्धारण गरिएको थिएन ।

आइतबार प्रतिकिलो ६१ रुपैयाँ थोकमूल्य तोकिएको प्याजको सोमबार भने मूल्य बढेको थियो । उक्त दिन प्याजको मूल्य औसतमा प्रतिकिलो ७८ रुपैयाँ पुगेको थियो । त्यसदिनदेखि कालिमाटी फलफूल तथा तरकारी विकास समितिले प्याजको मूल्य दैनिक झै तोकेको थिएन ।

बिहीबारदेखि प्याजको आयात खुलेसँगै समितिले दैनिक सूचीमा प्याजको मूल्य तोकेको हो । आज कालिमाटी बजारमा प्याजको मूल्य औसतमा प्रतिकिलो ७७.६० रुपैयाँ पर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*