बागमती प्रदेशमा बढ्यो सार्वजनिक यातायातको भाडा,कुन रूटमा कति ? (सूचीसहित)

८ भाद्र २०८०, शुक्रबार ०९:४८

काठमाडौं । बागमती प्रदेशले बिहीबारदेखि सार्वजनिक यातायातको गाडी भाडा बढाएको छ । नेपाल आयल निगमले १ साउनमा इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि इन्धनको मुल्य बढेसँगै भाडा पनि बढाएको हो। यसअघि ११ साउनमा सार्वजनिक यातायातको भाडा घटेको थिया ।

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयले बिहीबार निकालेको प्रदेश राजपत्र अनुसार उपत्यका बाहिर बागमती प्रदेशमा चल्ने यात्रुबाहक सवारीमा ५ दशमलव ३१ प्रतिशत भाडा बढेको हो ।

काठमाडौं उपत्यकामा ५ किलोमिटरसम्म यात्रा गर्दा यात्रुबाहक सार्वजनिक सवारीमा १८ बाट १९ रुपैयाँ ५० पैसा, १० किलोमिटरसम्म यात्रा गर्दा २४ रुपैयाँबाट २६ रुपैयाँ, १५ किलोमिटरसम्म यात्रा गर्दा २९ रुपैयाँबाट ३१ रुपैयाँ ४१ रुपैयाँ पुगेको छ। २० किलोमिटरसम्म यात्रा गर्दा ३२ बाट ३३ रुपैयाँ ६६ पैसा, २० किलोमिटर भन्दा माथि ३७ रुपैयाँबाट ४० रुपैयाँ ८ पैसा लाग्नेगरी भाडा बढेको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*