ब्रिक्स शिखर सम्मेलनमा थप ६ मुलुक सहभागी

८ भाद्र २०८०, शुक्रबार १०:२०

काठमाडौं । ब्रिक्स शिखर सम्मेलनमा थप ६ मुलुक सहभागी हुने भएका छन् । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भइरहेको ब्रिक्स शिखर सम्मेलनका क्रममा थप ६ मुलुकलाई संगठनमा सहभागी गराउने निर्णय भएको हो । अहिले विश्वकै उदीयमान अर्थतन्त्र भएका राष्ट्रहरु ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका ब्रिक्सका सदस्य छन् ।

ब्रिक्समा सहभागी हुने नयाँ सदस्यको रुपमा साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स यूएई, इथियोपिया, अर्जेन्टिना, इरान र इजिप्ट छन् । १७ वर्षअघि स्थापना भएको ब्रिक्सको यस पटकको शिखर सम्मेलनमा संगठन विस्तारबारे नै बढी विमर्श हुने बिश्लेगषकहरुको भनाई छ ।

ब्रिक्स राष्ट्रको सदस्य बन्न करिब ४० वटा देशल आवेदन दिएका थिए। सो मुलुकहरुले केही वर्षयता ब्रिक्समा सदस्य बन्न लबिइङ गरिरहेको बताइएको छ । ५ देशको नामबाट संगठनको नाम ब्रिक्स रहेकोमा अब नयाँ ६ मुलुक सदस्य थपिएपछि संगठनको नाम ब्रिक्स प्लस रहने अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन् । विश्व अर्थतन्त्रमा अमेरिकी नेतृत्वको पश्चिमा खेमा बलियो बन्दै आएकोमा अब ब्रिक्सको उदयले त्यसलाई थप चुनौती दिन सक्ने आंकलन गरिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*