३६.३७ अर्बको लगानीमा ४ जलविद्युत परियोजना बनाउन स्वीकृति दिदै लगानी बोर्ड

८ भाद्र २०८०, शुक्रबार १३:५५

काठमाडौं । लगानी बोर्डको शुक्रबार बसेको बैठकले ४ जलविद्युत परियोजनाका लागि ३६ अर्ब ३७ करोडको लगानी स्वीकृत गर्ने निर्णय गरेको हो ।

लगानी बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल–प्रचण्डको अध्यक्षतामा बसेको बैठकले रोल्वालिङ खोला, दाना खोला, छुजुङ खोला र सानीभेरी जलविद्युत परियोजनाका लागि सो रकम स्वीकृत गर्ने भएको हो ।

त्यस्तै, बैठकले दाङको राजपुर गा.पा.मा २४५ मेगावाट र २० मेगावाट ब्याट्री क्षमताको सौर्य ऊर्जा परियोजनाको लागि डोल्मा हिमालयन इनर्जीलाई अध्ययनको अनुमतिदिने समेत निर्णय गरेको छ ।

तमोर जलाशययुक्त जलविद्युत परियोजना कार्यान्वयनलाई निरन्तरता दिने बारेमा पनि हालसम्म भएको विकासक्रमको समीक्षा गर्दै परियोजनाको भविष्यमा चाल्नुपर्ने कदमसम्बन्धी सुझाव पेश गर्न उच्चस्तरीय समिति गठन गर्ने समेत निर्णय भएको छ ।

त्यस्तै, माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको सम्बन्धमा पनि सर्वाेच्च अदालतबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयनका लागि मन्त्रीपरिषद्मा प्रस्ताव पेश गर्ने निर्णय र बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगंगा २५० मेगावाटको सौर्य ऊर्जा विकासका लागि अध्ययनकर्ता रिसेन इनर्जी कम्पनीबाट पेश भएको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन बैठकमा पेश गरिएको छ ।

बैठकमा ग्रीन क्याल्सियस एमोनियम नाइट्रेट फर्टिलाइजर फ्याक्ट्री स्थापनासम्बन्धमा अध्ययनका लागि पनि मलेसियामा रहेको रिनिकोला एसडिएन बीएगडीसँग गरिने समझदारीपत्रमा रहेको मस्यौदा समेत स्वीकृत गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*