आइएमई पेले ल्यायो विकेट टु विन नामक अफर

८ भाद्र २०८०, शुक्रबार १५:२०

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले एसिया कप क्रिकेट २०२३ मा नेपालको सहभागिताको खुसीयाली मनाउँदै ‘विकेट टु विन’ अफर सार्वजनिक गरेको छ ।

संस्थाले आज देखी भदौ १२ सम्म ५ दिनसम्म चल्ने सो अफर अन्तर्गत सेवाग्राहीले आइएमई पे मार्फत टेलिभिजनको बिल भुक्तानी गर्ने क्रममा ‘एसिया कप’ प्रोमो कोडको प्रयोग गरी एक सय ५० रुपैयाँ सम्म छुट प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।

साथै सो अफरमा सहभागी हुने ग्राहक मध्ये भाग्यशाली एक जनाले डिसहोमको फाइबर नेटको एक वर्षको निशुल्क सब्सक्रिप्सन पनि जित्न सकिने छ । यो अफरले क्रिकेट प्रेमी दर्शकको उत्साहलाई थप उर्जा प्रदान गर्ने विश्वास लिएको आइएमई पे का सीइओ प्रवीण रेग्मीले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*