रिलायन्स फाइनान्सको केन्द्रीय कार्यालय तथा मुख्य शाखा स्थानान्तरण हुदै
१० भाद्र २०८०, आईतवार १२:१९

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको का.म.पा वडा नं. २८ प्रदर्शनीमार्गस्थित केन्द्रीय कार्यालय तथा मुख्य शाखा स्थानान्तरण हुने भएको छ ।
कम्पनीको उक्त केन्द्रीय कार्यालय तथा मुख्य शाखा भदौ १७ गते आईतबारबाट संस्थाको सोही महानगरपालिका वडा नं. १ को कमलादी स्थित आफ्नै भवनमा स्थानान्तरण हुने कम्पनीले जनाएको छ ।












