सुनको भाउ स्थिर हुँदा चाँदीको भने वृद्धि, कतिमा हुदैछ कारोबार ?

१० भाद्र २०८०, आईतवार १२:३७

काठमाडौं । आइतबार सुनको भाउ स्थिर रहँदा चाँदीको भने बढेको छ । शुक्रबार प्रतितोला १ लाख ११ हजार १०० कारोबार भएको छापावाला सुन आज पनि सोही मुल्यमा कायम रही कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि सोही मुल्यमा कारोबार भएको थियो । आज चाँदी १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*