हिमाल दोलखा हाइड्रोपावरको अवितरित हकप्रद शेयरको बाँडफाँड सम्पन्न

११ भाद्र २०८०, सोमबार १३:३०

काठमाडौं । हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडको सर्वसाधारण समूहतर्फको १५ लाख ७७ हजार २११ कित्ता अवितरित हकप्रद शेयरको बाँडफाँड सम्पन्न भएको छ ।

उक्त अवितरित हकप्रद गत साउन २२ गतेदेखि साउन २९ गतेसम्म शिलबन्दी बोलपत्रद्वारा खरिद गर्न आह्वान गरिएको थियो । सो अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्रहरु भदौ ३ गते खोली भदौ ८ गने निष्काशनकर्ता कम्पनीको सञ्चालक समितिले बाँडफाँड गरेको हो ।

साथै, बाँडफाँडको विवरण बिक्री प्रबन्धकको वेभसाइट http://www.laxmicapital.com.np बाट हेर्न सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*