नेपाल एयरलाइन्सको आजदेखि भैरहवाबाट हङकङ र दिल्ली उडान सुरु

१२ भाद्र २०८०, मंगलवार १०:४८

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आज (भदौ १२ गते) देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र भारतको दिल्लीमा नियमित उडान सुरु गरेको छ । निगमले काठमाडौंलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र दिल्लीमा नियमित उडान सुरु गरेको हो ।

भैरहवाबाट हरेक मंगलबार हप्ताको एक उडानबाट सुरु गरी बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार उडानको संख्या बढाउँदै लैजाने योजना रहेको निगमले जनाएको छ । यात्रुको सुविधाका लागि चेक इन गर्दाकै बखत गन्तव्यसम्मकै बोर्डिङ पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था मिलाइएको निगमले जनाएको छ । यात्रुहरुले निगमको कार्यालय वा निगमको वेबसाइटमा लगइन गरी अनलाइन टिकट पनि लिनसक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*