बुद्धभूमि नेपाल हाइड्रोपावरको खुद नाफा एक करोड रुपैयाँमाथि हुँदा ईपीएस कति ?

१२ भाद्र २०८०, मंगलवार ११:०२

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले गत आर्थिक वर्षको अन्तिम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ह्वातै बढेको छ ।

समीक्षा अवधिमा कम्पनीले १ करोड ११ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले १ करोड ४६ लाख ४० हजार रुपैयाँ घाटा व्यहोरेको थियो । एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी बढेसँगै खुद नाफा बढेको हो ।

अघिल्लो बर्ष १ करोड ३६ लाख १४ हजार रुपैयाँ रहेको विद्युत् बिक्रीबाट हुने आम्दानी यो वर्ष १६ करोड ४४ लाख ८५ हजार रुपैयाँ पुगेको छ । अन्य स्रोतबाट यस कम्पनीले ८७ लाख ६७ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले अन्य स्रोतबाट ३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ ९१ रुपैयाँ ०२ पैसा छ । चुक्ता पुँजी ४० करोड रुपैयाँ छ । यता, जगेडा कोष भने ४ करोड ९२ लाख ३७ हजार रुपैयाँ ऋणात्मक छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*