भोलि सार्वजनिक बिदा

१३ भाद्र २०८०, बुधबार १०:५६

काठमाडौं । हिन्दू धर्मालम्बीहरुको पर्व जनै पूर्णिमाको अवसर पारेर सरकारले जनै पूर्णिमाको अवसरमा भोलि सार्वजनिक विदा दिने भएको छ ।

भाइ र बहिनी बीचको अटुट प्रेमलाई दर्शाउने पर्व हो रक्षाबन्धन । खास गरेर रक्षाबन्धन हिन्दू धर्मावलम्बीहरुले मनाउने एउटा पवित्र पर्व हो । रक्षाबन्धन शब्दमा दुई वटा शब्द जोडिएको छ ‘रक्षा र बन्धन’ रक्षाको अर्थ भाइले बहिनीको रक्षा गर्ने बाचा दिन्छ भने बन्धन जसले भाइ बहिनीको सम्बन्धमा अझ बढी माया, स्नेह ,सामिप्य र प्रेम ल्याउँछ ।

शास्त्रीय मान्यताअनुसार विशेष गरी तागाधारी ले वर्ष दिन वेद पढ्नुपर्ने र त्यसको साङ्गे ९समाप्ति० को दिनका रुपमा जनै पूर्णिमालाई लिइन्छ । यस दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा, विष्णु र महेश्वरको पूजा गरी जनै मन्तरेर त्यसलाई धारण गर्ने प्रचलन छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*