रेमिट हाइड्रोले खुलायो रोजगारको अवसर, के–के चाहिन्छ योग्यता ?
१३ भाद्र २०८०, बुधबार ११:०९

काठमाडौं । रेमिट हाइड्रो लिमिटेडले जन सम्पर्क अधिकृत सातौ तह र सिभिल सब–इन्जिनियर तह पाँचौमा आवेदन खुलाएको छ ।
मानविकी वा सामाजिक विज्ञान वा सो सरहको विषयमा स्नातक उत्तीर्ण गरेको र जलविद्यु्त आयोजनामा कम्तीमा ४ वर्षको कार्यानुभव भएको व्यक्तिले जन सम्पर्क अधिकृत तथा सिभिल इन्जिनियरिङ विषयमा ३ वर्षे डिप्लोमा तह उत्तीर्ण गरी निर्माण परियोजनामा १ वर्षको कार्यानुभव भएकोले सिभिल सब इन्जिनियरमा आवेदन दिन सकिने छ ।
योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजातसहित कम्पनीको कार्यालय, नागरीक लगानी कोष भवन वा इमेल ठेगानाबाट पनि भदौ २७ गतेसम्म आवेदन पेश गर्न सकिनेछ ।













