मर्जरपछि सगरमाथा लुम्बिनी इन्स्योरेन्सको प्रगतिको बाटो खुल्यो, अग्रस्थानको ताज पहिरिन सफल

१४ भाद्र २०८०, बिहीबार १३:२५

काठमाडौं । साविकको सगरमाथा इन्स्योरेन्स र लुम्बिनी इन्स्योरेन्स मर्जरपछि बनेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले बीमा व्यवसायमा उल्लेख्य प्रगति गरेको छ ।

सम्पूर्ण निर्जीवन कम्पनीको बीमा व्यवसाय ११ प्रतिशले घटेको तथ्यांकले देखाएको छ । समग्रमा निर्जीवन बीमा व्यवसाय खुम्चिएतापनि सगरमाथा लुम्बिनी इन्स्योरेन्सले आफ्नो बीमा व्यवसायमा उल्लेख्य प्रगति गरेको छ । कम्पनीको बीमा शुल्क आर्जन ५५ करोड १५ लाख रुपैयाँ रहेकोे छ ।

कम्पनीले ४९ करोड ९७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत वर्ष सगरमाथा इन्स्यारेन्सले मात्र ३२ करोड ६२ लाख तथा लुम्बिनी इन्स्योरेन्सले मात्र १७ करोड ३४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका ीथ्ए । यी दुवै कम्पनीले आर्जन गरेको व्यवसायलाई जोड्दा बीमा शुल्क वृद्धिदर १०.३७ प्रतिशतले बढेको देखिन्छ ।

यस साउन महिनामा निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ९८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जवकी गएको वर्षको साउन महिनामा ४ अर्ब ४८ करोड थियो । यसरी निर्जीवन बीमा क्षेत्रमै मन्दी छाउदा कम्पनीले साविकको व्यवसायलाई टिकाउदै बढाउन सफल भएको छ ।

गत वर्षका साउन महिनामा ४ अर्ब ४८ करोड आर्जन गरेको बीमा शुल्क गत साउनको समीक्षा अवधिमा ३ अर्ब ९८ करोड रुपैयाँ आर्जन गरेका छन् । विभिन्न समस्याहरुसँग जुधेर पनि सलिको कम्पनीले उल्लेख्य मात्रामा व्यवसाय गरेको तथ्यांकले देखाएको छ ।

त्यस्तै, गत वर्षको साउनमा सगरमाथाले १८ हजार ६३५ तथा लुम्बिनीले ११ हजार ४३० बीमा पोलिसी जारी गरेका थिए । कम्पनीले मर्जपछि गत साउनमा २४ हजार ४८० मात्र बीमा पोलिसी जारी गरेको छ । कम्पनीको बीमा पोलिसी संख्या घटेतापनि उच्च बीमाङ्कको पोलिसी जारी गरी बीमा व्यवसाय बढाएको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*