आईफोन १५ भदौ २६ गते सार्वजनिक हुने

१४ भाद्र २०८०, बिहीबार १६:१०

काठमाडौं । एप्पलले आईफोन १५ भदौ २६ गते सार्वजनिक गर्ने भएको छ । मोबाइलसँगै टाइप सी पोर्ट चार्जर पनि आउने एप्पलले जनाएको छ ।

कम्पनीले नेपाली समयअनुसार भदौ २६ गते मंगलबार राति १० बजेर ४५ मिनेटदेखि प्रत्यक्ष प्रसारण गर्ने जनाएको छ । कम्पनीले इभेन्ट एप्पल टीभी, कम्पनीको वेवसाइट तथा युट्युब च्यानलबाट लाइभ देखाउने जनाएको छ ।

कम्पनीले गत वर्षमा आईफोन १४ सार्वजनिक गरेको थियो । प्रयोगकर्ताले ब्याट्री लाइफको विषयमा सर्वाधिक गुनासो गरेका थिए । नयाँ सिरिजको आईफोनमा टाइप सी चार्जर पोर्ट समेत आउने बताइएको छ ।

नयाँ सिरिजमा आईफोन १५, आईफोन १५ प्लस, आईफोन १५ प्रो, आईफोन १५ प्रो म्याक्स र आईफोन १५ अल्ट्रा पनि हुन सक्ने बताइएको छ ।

एप्पलले सार्वजनिक गरेको केही महिनापछि नेपाली बजारमा पनि आउने छ भने हालसम्म कम्पनीले मूल्य भने तोकेको छैन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*