सेजनको अध्यक्षमा सुजन ओली निर्वाचित

१६ भाद्र २०८०, शनिबार २०:५६

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा सुजन ओली निर्वाचित भएका छन् ।आज सम्पन्न सेजन २५औं वार्षिक साधारणसभाले उपाध्यक्षमा विनय वञ्जरा निर्वाचित भएका छन् । वञ्जाराले १३५ मत ल्याएर निर्वाचित भएका हुन् । प्रत्यासी भागवत भट्टराईले ११५ मत प्राप्त गरेका छन् । सेजनको महासचिवमा विश्वास रेग्मी निर्विरोध निर्वाचित भैसकेका छन् ।

त्यस्तै सेजनको सचिवमा सोभित थपलिया निर्वाचित भएका छन् । थपलियाले १०६ मत पाएका छन् । कोषाध्यक्षमा अच्युत पुरी निर्वाचित भएका छन् । उनले १६० मत पाएका छन्

सेजन सदस्यहरूमा केशु लामिछाने, हेमन्त जोशी, ममता थापा, छवि सापकोटा, वसन्तराज उप्रेती मत सहित निर्वाचित भएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*