काठमाडौं महानगरपालिकाका मेयरका बालेन्द्र शाहलाई पुत्री लाभ
१७ भाद्र २०८०, आईतवार ०८:४९

काठमाडौं महानगरपालिकामा मेयरका बालेन्द्र शाहलाई पुत्री लाभ भएको छ ।
बालेनकी पत्नी सबिना काफ्लेले आज छोरीलाई जन्म दिएकी हुन् । बालेन निकट श्रोतका अनुसार बालेनले पुत्री लाभ भएकोमा खुशी व्यक्त गरेका छन् । उनका साथीभाइरुले पनि उनलाई शुभ संकेत भन्दै बधाई दिनेहरुको ओईरो लागेको छ ।












