५ लाख घुस रकमसहित पक्राउ परेका अध्यक्ष यादवसहित ३ जना विरुद्ध अदालतमा मुद्दा दायर

१९ भाद्र २०८०, मंगलवार १६:०३

काठमाडौं । सोलार बत्ती जडान लगायतको योजनाको भुक्तानी बापत घुस लिएको आरोपमा विष्णुपुर गाउँपालिकाका अध्यक्ष यादवसहित ३ जना विरुद्ध अख्तियारले अदालतमा मुद्दा दायर गरेको छ ।

सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिकाको कार्यालयमा कार्यरत लेखापाल टेक नारायण यादवले सोलार बत्ती जडान लगायत योजनाको भुक्तानी बापत सेवाग्राहीसँग घुस मागेको निवेदन अख्तियारमा परेको थियो ।

उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलिले लेखापाल यादव र एम.आई.एस अपरेटर विरेन्द्र कुमार यादवलाई सेवाग्राहीबाट २ लाख रुपैयाँ घुस लिइसकेको र ३ लाखको चेकसहित गत साउन ३१ गते पक्राउ गरेको थियो ।

पछि अनुसन्धानको सिलसिलामा सप्तरी, विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव, लेखापाल टेक नारारण यादव र एम.आई.एस अपरेटर विरेन्द्र कुमार यादवसमेतको आपसी मिलेमतो तथा योजनामा उक्त घुस लिएको पुष्टि भएको थियो ।

अख्तियारले उनीहरुविरुद्ध ५ लाख रुपैयाँ बिगो कायम गरी कैद सजाय मागसहित मंलगबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*