भोलि सार्वजनिक बिदा
१९ भाद्र २०८०, मंगलवार १६:०८

काठमाडौं । सरकारले कृष्ण जन्मअष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष व्रत बसेर रातभर जाग्राम बस्ने प्रचलन छ ।
पाटनको कृष्ण मन्दिरमा ठूलो मेला लाग्ने गरे पनि यस वर्ष भने पूजा विधि मात्र गरिने भएको छ ।बैंक, बीमा भने सिमित मात्रामा खुल्ने भएको छ ।
साथै, भोलि मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस पनि रहेको छ । बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि २००२ लाई तत्कालिन व्यवस्थापिका सांसदबाट अनुमोदन भएको दिनको सम्झनामा नेपालमा २०६४ सालदेखि हरेक वर्षको भाद्र २० गते मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाउन सुरु गरिएको हो ।












