जीवन बीमा कम्पनीको कुल बीमा दावी भुक्तानी १०⁒ मात्रै बढ्यो, तीनले घटाउँदा अन्य कुनको कति ? (तथ्यांकसहित)

१९ भाद्र २०८०, मंगलवार १७:५६

काठमाडौं । हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुको कुल बीमा दाबी भुक्तानीमा सामान्य वृद्धि मात्रै देखिएको छ । कम्पनीहरुले प्रकाशित गरेको वित्तिय विवरण अनुसार गत आर्थिक वर्ष २०७९।८० को अन्तिम त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले ५७ अर्व १ करोड रुपैयाँ खुद बीमा दाबी भुक्तानी गरेका छन् ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीहरुले ५१ अर्व ४८ करोड रुपैयाँ कुल दावी भुक्तानी गरेका थिए । अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीहरुको कुल बीमा दाबी भुक्तानी १० दशमलव ७४ प्रतिशतले बढेको कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरणले देखाएको छ ।

हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरु मध्ये अधिकांश कम्पनीको दाबी भुक्तानी बढ्दा ४ वटा कम्पनीको कुल दावी भुक्तानी घटेको प्रकाशित वित्तिय विवरणले देखाएको छ ।

समीक्षा अवधिसम्ममा सबैभन्दा बढी नेपाल लाइफले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले यस अवधिमा १५ अर्व १० करोड १६ लाख रुपैयाँ बराबरको कुल दावी भुक्तानी गरेको छ । कम्पनीले अघिल्लो वर्षको सोही अवधिसम्ममा १३ अर्व ३२ करोड रुपैयाँ बराबरको कुल दावी भुक्तानी गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको कुल दावी भुक्तानी १३ प्रतिशतले बढेको हो ।

दोस्रो नम्बरमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल रहेको छ । कम्पनीले समीक्षा अवधिसम्ममा ८ अर्ब ९८ करोड रुपैयाँ कुल बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ९ अर्ब १२ करोड रुपैयाँ दावी भुक्तानी गरेको छ । अघिल्लो आवको तुलनामा कम्पनीको यस्तो भुक्तानी १ दशमलव ५१ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिसम्ममा नेशनल लाइफले ७ अर्ब ९२ करोड रुपैया, हिमालयन लाइफले पाँच अर्ब ४५ करोड रुपैयाँ, एशियन लाइफले पाँच अर्ब १९ करोड रुपैयाँ, आईएमई लाइफले दुई अर्ब ९१ करोड रुपैयाँ, मेट लाइफले २ अर्ब ८६ करोड रुपैयाँ, सूर्यज्योति लाइफले दुुई अर्ब ६ करोड रुपैयाँ, सिटिजन, प्रभु महालक्ष्मी र रिलायबल नेपालले एक अर्ब बढी रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । त्यस्तै, सानिमा रिलायन्स लाइफ र सन नेपाल लाइफले ९३ करोड रुपैयाँ दावी भुक्तानी गरेको छ ।

बृदिदरका आधारमा
समीक्षा अवधिसम्ममा ९ वटा जीवन कम्पनीको बीमा कुल दावी भुक्तानी बृद्धि र ४ कम्पनीको कुल दावी भुक्तानी घटेको छ । त्यस्तै, यस अवधिमा सन नेपाल लाइफको कुल दावी भुक्तानी १०६ प्रतिशतले सर्वाधिक बढेको छ । प्रभु महालक्षी लाइफको ९४ प्रतिशत, आइएमई लाइफको ७७ प्रतिशत, सिटिजन लाइफको ४३ प्रतिशत र यी बाहेक अन्य कम्पनीको २६ प्रतिशतभन्दा कम प्रतिशतले कुल दावी भुक्तानी बृद्धि भएको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा मेट लाइफको २९ प्रतिशतले सर्वाधिक कुल दावी भुक्तानी घटेको छ । यसका साथै, यस अवधिमा सानिमा रिलायन्स लाइफको २८ प्रतिशत, हिमालयन लाइफको ८ प्रतिशत र एलआईसी नेपाल लाइफको १ प्रतिशतले घटेको छ ।

नोटः सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा संस्थानले कुल बीमाशुल्क आर्जन वित्तीय विवरणमा समावेश गरेको छैन । नेपाल पुनर्बीमा कम्पनीबाट आएको अन्तिम दावी अथवा खुद दावी भुक्तानी मात्रै समावेश गरेको हुँदा तथ्यांकमा कुल प्रस्तुत गरिएको छैन ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*