एसिया कप खेलेर फर्केका टोलीलाई बाजागाजासहित स्वागत

२० भाद्र २०८०, बुधबार १४:५६

काठमाडौं । एसिया कप क्रिकेट खेलेर नेपाल फर्किएका राष्ट्रिय टोलीलाइ त्रिभुवन विमानस्थलमा सशस्त्र प्रहरीको ब्याण्डले बाजागाजासहित भव्य स्वागत गरेको हो ।

खेलाडीहरुको स्वागतमा क्यानका पदाधिकारीहरु सहित प्रशंशकहरुले पनि नाराबाजी गर्दै स्वागत गरेका थिए । खेलाडीहरुलाई सशस्त्र प्रहरीको ब्याण्ड टोलीले मंगलधुन बजाएर स्वागत गरेको थियो ।

श्रीलंका र पाकिस्तानमा जारी एसिया कप क्रिकेटमा नेपाल पाकिस्तान र भारतसँग हारेसँगै समूह चरणबाट बाहिरिएको हो । भारत र पाकिस्तानजस्तो क्रिकेटका शक्तिशाली देशहरुसँग राम्रो प्रर्दशन गरेको भन्दै नेपाली टोलीको चौतर्फि प्रशंशा समेत भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*