डिशहोम फाइवरनेटको सेवा पोखराको दोधारा चाँदनीमा
२० भाद्र २०८०, बुधबार १६:३३

काठमाडौं । पोखराको दोधारा चाँदनीमा डिशहोम फाइवरनेटले आफ्नो सेवाविस्तार गरेको छ । आक्रमक रुपमा सेवा विस्तार गरिरहेको कम्पनीले आफ्नो सेवालाई उपत्यका लगायत आसपासका जिल्लाहरुमा विस्तार गरिरहेको छ ।
पोखराको दोधारा चाँदनीका ग्राहकहरुले अव डिशहोम फाइवरनेट सेवाको अनुभव लिन पाउनेछन् । कम्पनीले प्रदान गर्ने सेवाका कारण अवको दिनमा डिशहोम फाइवरनेटनै दोधारा चाँदनीका ग्राहकहरुको पहिलो रोजाई र लोकप्रिय इन्टरनेट सेवा प्रदायक हुने विश्वास कम्पनीले लिएको छ ।












