प्रवेश निषेधित क्षेत्रमा टिपर चलाएपछि चालक र स्थानीयबासीबीच झडप

२१ भाद्र २०८०, बिहीबार १०:२५

काठमाडौं । ललितपुरको सैंबुमा मंगलबार राती स्थानीयबासी र टिपर चालकहरुबीच झडप भएको छ ।

ललितपुर महानगरपालिका वडा नं. १८ र २५ का वडा कार्यालयले टिपर प्रवेश निषेधित भनेर साइनर्बोड राखेको सडकमा जबरजस्ती टिपर चलाएपछि स्थानीयबासी र टिपर चालकहरुबीच राती १०ः३० देखि १ः३० बजेसम्म भनाभन भएपछि त्यसले झडपको रुप लिएको हो ।

झडपमा केही स्थानीयबासीहरुलाई चोटपटक लागेको छ भने टिपरहरुमा पनि केही क्षति पुगेको छ । झडपको केही बेरपछि प्रहरीले स्कटिङ गरेर टिपरहरु सैंबुमा निर्माणाधिन सीजी हिल्सको हाउजिङसम्म ओहोरदोहोर गराईएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

स्थानीयबासीहरुले जथाभावी रुपमा टिपर चलाउदा सडकहरु ठाउँठाउँमा भत्किएको र बुढाबुढी, बिरामी र बालबच्चाहरुलाई सुत्न सकस परेको बताएका छन् । यस बिषयमा गत असारमा उक्त बाटोमा हेभी यातायातका साधन नचालाउने प्रशासन तथा स्थानीयबासीहरुबीच सहमति भएको भएतापनि उक्त कुराको पालना नभएकोमा स्थानीयबासीले असन्तुष्टि प्रकट गरेका छन् ।

साथै, सीजी हिल्सले जालझेल गरी संैंबुको ३ आना ३ दाम ३ पैसा र्साजनिक जग्गा कब्जा गर्दापनि सम्बन्धित निकायले वास्ता नगरेको भन्दै स्थानीयबासीले विरोध जनाउदै आएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*