ह्वातै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

२१ भाद्र २०८०, बिहीबार १०:५०

काठमाडौं । साता कारोबारको पाँचौ दिन अर्थात बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा चार सय र चाँदी तोलामा २० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १२ हजार तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ ।

कारोबारको अघिल्लो दिन बुधबार छापावाला सुनको मूल्य १ लाख १२ हजार ४०० रुपैयाँ र तेजावी सुन प्रतिताला १ लाख ११ हजार ८५० रुपैयाँ कायम रहेको थियो ।

कारोबारका अघिल्लो दिन बुधबार प्रतितोला एक हजार ४३० रुपैयाँ कायम रहेको चाँदी आज एक हजार ४१० रुपैयाँमा कायम भएको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*