सुनको मूल्य बढ्दा चाँदीको घट्यो, प्रतितोला कति ?

२२ भाद्र २०८०, शुक्रबार ११:००

काठमाडौं । साता कारोबारको छैटौ दिन अर्थात शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १२ हजार तीन सय र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ७५० रुपैयाँ कायम भएको छ ।

कारोबारको अघिल्लो दिन बिहीबार छापावाला सुनको मूल्य एक लाख १२ हजार र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँ कायम भएको थियो ।

कारोबारका अघिल्लो दिन बुधबार प्रतितोला एक हजार ४१० रुपैयाँ कायम रहेको चाँदी आज एक हजार ४०५ रुपैयाँमा कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*