सरकारद्धारा तीन सचिवको सरूवा
२२ भाद्र २०८०, शुक्रबार १९:००

काठमाडौं । सरकारले तीन जना सचिवको सरूवा गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले सचिवहरूको सरूवा निर्णय गरेको हो।
निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयराज सापकोटलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरूवा भएका छन्।
यस्तै, नेपाल कानुन आयोगका सचिव लिलादेवी गड्तौला निरौला प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव तोयानाथ अधिकारीलाई नेपाल कानुन आयोगमा सरूवा गरिएको छ।
मन्त्रिपरिषद् बैठकले न्याय सेवा आयोगका फडिन्द्र गौतमलाई बढुवा गरी सत्य निरूपण तथा मेलमिलाप आयोगको सचिवमा पदस्थापन गरेको छ।












