४ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

२४ भाद्र २०८०, आईतवार ११:००

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आईतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा चार सय र चाँदी १० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ११ हजार नौ सय र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ३५० रुपैयाँ कायम भएको छ ।

कारोबारको अघिल्लो दिन (शुक्रबार) छापावाला सुनको मूल्य एक लाख १२ हजार तीन सय र तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ७५० रुपैयाँ कायम भएको थियो ।

कारोबारका अघिल्लो दिन शुक्रबार प्रतितोला एक हजार ४०५ रुपैयाँ कायम रहेको चाँदी आज एक हजार ३९५ रुपैयाँमा कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*