छिमेकी मुलुक भारतमा जी–२० समिट ऐतिहासिक रुपमा सम्पन्न हुँदै, दीगो विकास मुख्य एजेण्डा

२४ भाद्र २०८०, आईतवार १२:२१

काठमाडौं । विश्वका धनी देशहरुको अन्तर्राष्ट्रिय सम्मेलन यस वर्ष नेपालको छिमेकी मुलुक भारतमा जारी छ। हिजोबाट सुरु भएको उक्त ऐतिहासिक सम्मेलनमा रुस र युक्रेन युद्धका कारण धेरै कुरा छायाँमा परेपनि विश्वमा नविकरणीय उर्जा र आर्थिक समृद्धिको पक्षमा सबै जना एक मत भएका छन् । सम्मेलनमा दीगो विकास र आर्थिक समृद्धिलाई मुख्य रुपमा अघि सारिएको छ ।
२०२३ सेप्टेम्बर ९ देखि भारतमा विश्वको नेताहरु जी–२० सम्मेलन सहभागी भएको छ । दीपक्षीय आर्थिक, सामाजिक, राजनैतिक सहित विकसित बनाउने उद्देश्यले शुरु भएको जी २० सम्मेलन ले विश्व नेताहरू भेला भएको उक्त सम्मेलनले संयुक्त घोषणापत्रका लागि ‘सहमत’ मा भएका छन् ।

जी–२० देशका नेताहरू संयुक्त घोषणापत्र प्रति सहमत भएको उक्त शिखर सम्मेलनको आयोजक राष्ट्र भारतले जनाएको छ । त्यसको जानकारी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैले दिएका हुन् ।
मोदीले भने, “हाम्रो टोलीको कडा परिश्रम र तपाईँहरू सबैको साथ सहयोगले ‘नयाँ दिल्ली–जी–२० लिडर्स घोषणापत्र’मा सहमति जुटेको छ ।’’

“यो घोषणापत्र स्वीकृत होस् भन्ने मेरो प्रस्ताव छ । म यो घोषणापत्र स्वीकार गरेको घोषणा गर्छु ।’’ घोषणापत्रमा के छ ? जी–२० का लागि भारतीय मध्यस्थकर्ता अमिताभ कान्तले सामाजिक सञ्जालमा नयाँ दिल्ली घोषणापत्रमा उल्लेख गरिएका कुराहरू साझा गरेका छन् ।

घोषणा पत्रमा के छ ?
बलियो, दीर्घकालीन, सन्तुलित र समावेशी वृद्धि
दिगो विकास लक्ष्यको प्रगतिलाई गति दिने
दीर्घकालीन भविष्यको लागि हरित विकास सम्झौता
एक्काइसौं शताब्दीका लागि वहुपक्षीय संगठनहरू
वहुपक्षवादलाई पुनर्जीवित गर्ने ।

घोषणापत्रमा युक्रेनमा जारी युद्धको सन्दर्भमा गत वर्ष बालीमा भएको छलफललाई दोहो¥याइएको छ । नयाँ दिल्ली घोषणापत्रमा भनिएको छ, “युक्रेनको युद्धका सम्बन्धमा बालीमा भएको छलफललाई दोहो¥याउँदै हामीले संयुक्त राष्ट्रसंघ संघीय सुरक्षा परिषद् र संयुक्त राष्ट्रसंघको महासभाका प्रस्तावहरूमा हाम्रो राष्ट्रिय अडानलाई दोहो¥यायौं र सबै देशहरूले संयुक्त राष्ट्रसंघको वडापत्र, उद्देश्य र सिद्धान्त अनुरूप सहयोग गर्नुपर्छ भनेर जोड दिएका छौं ।’’
“संयुक्त राष्ट्रसंघको वडापत्र अनुसार सबै देशले क्षेत्रीय अखण्डता र सार्वभौमसत्ता वा अन्य कुनै पनि राज्यको राजनीतिक स्वतन्त्रता विरुद्ध क्षेत्रीय अधिग्रहण वा बल प्रयोगको खतराबाट टाढा रहनुपर्छ । आणविक हतियारको प्रयोग वा प्रयोगको धम्की अस्वीकार्य छ ।’’

पेचिलो मामिला:
भारतमा जी–२० सम्मेलनका लागि भेला भएका विश्वका नेताहरूबीच सबैभन्दा ठूलो मतभेद युक्रेनमाथिको रुसी आक्रमणलाई लिएर भएको थियो । शुक्रवार अमेरिकी राष्ट्रपति जो वाइडनले सम्मेलनको आयोजक राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेका थिए र दुई नेताले कैयौं क्षेत्रमा सहकार्य गर्ने वाचा गरेका थिए । तर उक्त शिखर सम्मेलनमा विश्वका दुई सर्वाधिक शक्तिशाली राष्ट्रहरू रुस र चीनका सरकार प्रमुख अनुपस्थित छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिन्पिङले बैठकमा भाग लिन आफ्ना प्रतिनिधि पठाएका छन् ।

 

संयुक्त घोषणापत्रका लागि गरिएको तयारी:
मतभेदमाझ भारतले सदस्य राष्ट्रहरूलाई एउटा संयुक्त घोषणापत्रमा सहमत गराउने अथक प्रयास गरेको बताइएको छ । मोदीले पनि आफ्ना सहकर्मीले व्यापक मेहनत गरेर सहमति जुटाएको उल्लेख गरेका छन् ।

यो शिखर सम्मेलनमा संयुक्त घोषणापत्र जारी नभएको भए उक्त संस्थाको शिखर सम्मेलनमा संयुक्त घोषणापत्र जारी हुन नसकेको यो नै पहिलो घटना हुने थियो । अघिल्लो वर्ष इण्डोनेसियामा भएको जी–२० शिखर सम्मेलनलाई पनि युक्रेनमाथि रुसी हमलाले ओझेलमा पारेको थियो तर, उक्त लडाइँलाई लिएर अभिव्यक्त मतभेदमाझ नेताहरूले आ–आफ्ना फरक धारणासहितको घोषणापत्र ल्याएका थिए ।
त्यसलाई विश्लेषकहरूले रुस र चीनले त्यस्तो छुट नदिन सक्ने र अमेरिकी नेतृत्वमा पश्चिमा देशहरूको समूहले युद्धको निन्दाबाहेक अन्यखाले शब्द कुरा स्वीकार गर्न नसकिने धारणा राख्नसक्ने ठानेका थिए ।

अझ सी र पुटिनको अनुपस्थितिले निर्णय प्रक्रियालाई झन् कठिन बनाउन सक्ने ठानिएको थियो । रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोफ र चिनियाँ प्रधानमन्त्री ली क्चियाङले आ–आफ्ना देशको प्रतिनिधित्व गरेका छन् तर आफ्ना नेताहरूसँग अनुमति नलिइकन उनीहरूले अन्तिम घडीमा निर्णयहरू लिने राजनीतिक सामर्थ नराख्न सक्छन् भन्ने ठानिएको थियो ।

यसै वर्षको शुरुमा जी–२० का विदेश र अर्थमन्त्रीहरूको बैठक पनि संयुक्त विज्ञप्ति जारी नगरी सकिएको थियो । भारतले बारम्बर उक्त समूहमा आवद्ध नरहेका देशप्रति पनि जी–२० को जिम्मेवारी रहेको बताउने गरेको छ र आफूलाई ‘ग्लोवल साउथ’को एउटा आवाजको रूपमा प्रस्तुत गर्दै आएको छ । जी–२० मा विश्वका १९ वटा ठूला अर्थतन्त्र र युरोपेली संघ छन् । शनिवार सम्मेलनको उद्घाटन समारोहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अफ्रिकी संघलाई पनि सो समूहको स्थायी सदस्य बनाइनु पर्ने प्रस्ताव राखेका थिए जुन बैठकले तत्कालै पारित गरेको थियो ।

अफ्रिकी संघको उपस्थितिले विकासशील देशहरूको आवश्यकताबारेको भारतको अडानलाई थप बलियो बनाएको छ । जी–२० सम्मेलन दक्षिण एशियामा पहिलो पटक आयोजना भएको हो र यसमा विश्वका चर्चित नेताहरू सहभागी छन् । अमेरिकी राष्ट्रपति जो वाइडन, ब्रिटेनका प्रधानमन्त्री ऋषि सुनक र फ्रान्सका राष्ट्रपति एम्मानुएल माक्रों शिखर बैठकमा सहभागी भइरहेका छन् ।

यो सम्मेलनको तयारीका लागि अघिल्लो वर्ष ६० वटा भारतीय शहरमा विभिन्न २०० वटा बैठकहरू आयोजना गरिएको थियो । कार्यक्रमस्थल भन्दा केही पर रहेको एउटा प्राचीन स्तम्भमा साढे दुई हजार वर्ष पुरानो स्तम्भमा प्राकृत भाषामा “मानवताको कल्याण र सुख सदा कायम रहनेछ” भनेर लेखिएको स्मरण गरेका छन् । मोदीले भारतले सम्पूर्ण विश्वलाई “हामी मिलेर विश्वव्यापी विश्वासको कमीलाई विश्वासमा परिणत गर्नुपर्छ” भनेर आह्वान गरिरहेको बताएका छन् । मोदीले उक्त अवसरमा अफ्रिकी संघलाई जी–२० मा सहभागी हुने प्रस्ताव पनि राखेका थिए । मोदीले आगामी पुस्ताले विश्व अर्थतन्त्रको उथलपुथल, उत्तर–दक्षिण र पूर्व–पश्चिम बीचको भिन्नता, खाद्यान्न सङ्कट, मल सङ्कट जस्ता चुनौतीको सामना गर्नुपर्ने पनि बताए । –एजेन्सीको सहयोगमा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*