अर्थका सह सचिव दाहाल सामान्य प्रशासनको कर्मचारी प्रशासन प्रमुखको जिम्मेवारीमा
२५ भाद्र २०८०, सोमबार १३:१३

काठमाडौं । अर्थमन्त्रालयका सहसचिव सुमन दाहाल संघिय मामिला तथा सामान्य प्रशासनको कर्मचारी प्रशासन महाशाखा प्रमुखमा सरुवा भएका छन् । उनले यहि भदौ २२ गतेदेखि महाशाखा प्रमुखको जिम्मेवारी सम्हालेका हुन् ।
सहसचिव दाहाले यस अघि नै भन्सार विभागको महानिर्देशक र अर्थमन्त्रालयको प्रवक्ताको जिम्मेवारी समेत सफलताका साथ चलाइसकेका छन् । दाहाल कोशी प्रदेश सरकारका अर्थसचिव समेत चलाइसकेका कर्मचारी हुन । दाहालले अर्थमन्त्रालको वित्तीय संघियता समन्वयमहाशाखा प्रमुखको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।
सरकारले भदौ १९ गते एकसाथ ५८ जना सहसचिवको सरुवा गरेको थियो । सरकारले संघ तथा प्रदेशस्थित मन्त्रालय, कार्यालय, आयोगमा कार्यरत सहसचिवको सरुवा गरेको थियो ।












