यस्तो छ- कार्तिक १ गतेबाट बीमा अभिकर्ताको नयाँ लाइसेन्स लिने प्रकृया, परीक्षादेखि पाठ्यक्रमसम्मको सम्पूर्ण जानकारी

रिना खत्री
२१ आश्विन २०८०, आईतवार १६:१४

काठमाडौं। नेपाल बीमा प्राधिकरणले बीमा मध्यस्थकर्ता (अभिकर्ता) परीक्षा कात्तिक देखि सुरु गर्ने भएको छ। लामो समयदेखि कम्पनीलेसंचालन गर्दै आईरहेको परिक्षा कात्तिक महिनादेखि भने प्राधिकरणले नै लिने भएको छ ।

प्राधिकरणको परिक्षा लिने ढाँचा नबनिसकेको हुँदा बीमा मध्यस्थकर्ता (अभितकर्ता) परीक्षा सञ्चालन सम्बन्धी निर्देशिका, २०७९ बनिसक्दा पनि कम्पनीहरुलाई नै परिक्षा लिने जिम्मेवारी दिएको थियो । अभिकर्ताहरूको परीक्षा सञ्चालनका लागि प्राधिकरणले असोज २५ गतेदेखि आइएरएमएस सिस्टममा अभिकर्ता दर्ता प्रक्रिया बन्द गर्ने भएको छ ।

बीमा ऐनमा पनि बीमा मध्यस्थकर्तालाई इजाजत प्राप्त गर्नुअघि तोकिए बमोजिमको परीक्षा पास गर्नुपर्ने व्यवस्था रहेको छ । सोही ऐनमा टेकेर प्राधिकरणले बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने भएको हो । योसँगै अब प्राधिकरणले लिने परीक्षामा उत्तीर्ण भएपछि मात्रै कुनै पनि बीमा कम्पनीको बीमा अभिकर्ता बन्न पाइनेछ।

बीमा अभिकर्ताको इजाजत पत्रलाई व्यवस्थित गर्न केही प्रक्रिया अपनाउन प्राधिकरणले लामो समय लगाएको देखिएको छ । नयाँ व्यवस्था अनुसार अभिकर्ताहरुले अनलाईन माध्यम (जुम) बाट परिक्षामा अनिवार्य सहभागी हुनुपर्ने व्यवस्था रहेको छ।बीमा ऐन, २०७९ को दफा १६६ ले दिएको अधिकार प्रयोग गरि संचालक समितिको देहायक बमोजिम परिक्षा संचालन गर्नै लागिएको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल बताँउछन् ।

अभिकर्ताले काम गर्ने बिषयलाई नै केन्द्रित गरेर परिक्षाको लागि प्रश्न तयार पारेका छौ, परिक्षामा अभिकर्ताहरुलाई नआत्तिकन सहभागी हुन आग्रह समेत गरेका छन्। नयाँ निर्देशिका अनुसार बीमा अभिकर्ताको परीक्षामा सहभागी हुन प्राधिकरणबाट तयार गरिएको अनलाइन पोर्टल मार्फत् निवेदन पेश गर्नुपर्नेछ।

त्यस्तै, (२) उपदफा (१) बमोजिमको निवेदनसाथ योग्यता तथा बीमा अभिकर्ताको तालिम लिएको प्रमाण तथा कागजातको प्रमाणित प्रतिलिपि संलग्न गरी पेश गर्नुपर्नेछ । त्यस्तै, परीक्षार्थीले आफूले सहभागी हुन चाहेको परीक्षा कार्यक्रमको लागि परीक्षा शुल्कबापत पाँचसय रुपैयाँ तोकिएको विद्युतीय भुक्तानी सेवा प्रदायक (अनलाइन पेमेन्ट गेटवे) मार्फत् प्राधिकरणको बैक खातामा भुक्तानी गर्नुपर्नेछ।

प्राधिकरणले निर्देशिका बमोजिम (३) उपदफा (१) बमोजिमको परीक्षा शुल्क भुक्तानी गरिसकेपछि कुनै विशेष कारणले परीक्षामा सहभागी हुन नसकेको परीक्षार्थीले उक्त परीक्षामा सामेल हुन नसक्नुको कारण खुलाई प्राधिकरणमा निवेदन पेश गरेमा र सो कारण देखिएमा प्राधिकरणले निजको परीक्षाको लागि अर्को व्यवस्था गर्न सक्नेछ

परीक्षा कसरी संचालन गरिन्छ ?
बीमा अभिकर्ताको परीक्षा विद्युतीय माध्यम (जुम) बाट सञ्चालन गरिनेछ । परीक्षार्थीले परीक्षा अवधिभरमा पूरै अनुहार देखिने र आवाज सुनिने गरी भिडियो क्यामरा सुचारु राख्नुपर्नेछ ।
परीक्षा अवधिभरमा विद्युत तथा इन्टरनेटको वैकल्पिक व्यवस्था ( ब्याकअप) परीक्षार्थी स्वयंले गर्नुपर्नेछ ।परीक्षालाई मर्यादित, अनुशासित तथा व्यवस्थित गर्नको लागि परीक्षा सम्बन्धी आचारसंहिता परीक्षा समितिले तोकिदिए बमोजिम हुनेछ ।
उपदफा बमोजिमको आचारसंहिता विपरीत कार्य गर्ने परीक्षार्थीको परीक्षा प्राधिकरणको अभिकर्ता इजाजत पत्र हेर्ने महाशाखा प्रमुखले रद्द गर्न सक्नेछ । यसरी परीक्षा रद्द गरिनुको कारण बारे परीक्षार्थीलाई जानकारी गराउनु पर्नेछ ।

परीक्षा दस्तुर र परीक्षा सञ्चालन
परीक्षार्थीले आफूले सहभागी हुन चाहेको परीक्षा कार्यक्रमको लागि परीक्षा शुल्कवापत ५ सय रुपैयाँ तोकिएको विद्युतीय भुक्तानी सेवा प्रदायक ‘अनलाइन पेमेन्ट गेटवे’ मार्फत प्राधिकरणको बैंक खातामा भुक्तानी गर्नुपर्नेछ ।
एक व्यक्तिको लागि जम्मा गरिएको परीक्षा शुल्कले अर्को व्यक्तिले परीक्षा दिन नपाउने व्यवस्था समेत निर्देशिकाले गरिदिएको छ ।

यस्तै, बीमा अभिकर्ताको परीक्षा विद्युतीय (अनलाइन) माध्यमबाट सञ्चालन हुनेछ । परीक्षार्थीले परीक्षा अवधिभरमा पूरै अनुहार देखिने र आवाज सुनिने गरी भिडियो क्यामरा सुचारु राख्नुपर्नेछ । परीक्षा अवधिभरमा विद्युत तथा इन्टरनेको वैकल्पिक व्यवस्था परीक्षार्थीले गर्नुपर्नेछ ।

बीमा अभिकर्ताको परीक्षामा दुई अङ्कभारको जम्मा ५० वटा वस्तुगत प्रश्न सोधिनेछन् । र सो परीक्षाको समय एक घण्टा ३० मिनेटको हुनेछ ।
परीक्षाको नतिजा प्राधिकरणको बीमा अभिकर्ता इजाजतपत्र हेर्ने महाशाखाले गर्नेछ । भने नतिजा प्राधिकरणको वेवसाइटमा राखिनेछ ।
यस्तै, परीक्षामा ५० प्रतिशत प्राप्ताङ्क भएका परीक्षार्थीलाई सो परीक्षा उत्तीर्ण भएको बेहोराको प्रमाणपत्रपत्र विद्युतीय माध्यमबाट प्रदान गरिनेछ ।
बीमा अभिकर्ताको परीक्षालाई व्यवस्थित र मर्यादित रुपमा व्यवस्थापन गराउन ६ सदस्सीय परीक्षा समिति हुनेछ । प्राधिकरणका कार्यकारी निर्देशक संयोजक रहनेछन् । परीक्षा समितिको काम, कर्तव्य र अधिकारको व्यवस्था समेत निर्देशिकाले गरिदिएको छ ।

परीक्षा सम्बन्धी कार्यक्रम र सोही तालिका परीक्षा हनुभन्दा १५ दिन अगावै प्राधिकरणको वेवसाइटमा सामान्यतया त्रैमासिक रुपमा प्रकाशन गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । बीमा अभिकर्ताको परीक्षामा सहभागी हुन प्राधिकरणबात तयार गरिएको अनलाइन पोर्टलमार्फत निवेदन पेश गर्नुपर्नेछ ।

यस्तो छ बीमा अभिकर्ताको पाठ्यक्रम
प्राधिकरणले बीमा अभिकर्ताको पाठ्यक्रम समेत तयार पारेको छ । प्राधिकरणले जीवन बीमा अभिकर्ताका लागि र निर्जीवन बीमा अभिकर्ताका लागि छुट्टाछुट्टै पाठ्यक्रम तयार पारेको छ ।
जीवन बीमा अभिकर्ताको परीक्षाको पाठ्यक्रममा जोखिम र जोखिम व्यवस्थापन, बीमाको परिचय, बीमा अभिकर्ता, बीमाको सिद्धान्त, बीमालेख, जीवन बीमा सम्बन्धी कागजात, बीमाशुल्क र बोनस, जोखिमाङ्कन, दाबी, रजीवन बीमाको बजारीकरण, बीमा अभिकर्ता र कर, बीमा सम्बन्धी कानूनी व्यवस्था र बीमा बजार लगायतका विषयवस्तुलाई समेटेको छ ।

यस्तै, निर्जीवन बीमा अभिकर्ताको परीक्षाको पाठ्यक्रममा जोखिम र जोखिम व्यवस्थापन, बीमाको परिचय, बीमा अभिकर्ता, बीमाको सिद्धान्त, बीमालेख, निर्जीवन बीमा सम्बन्धी कागजात, बीमाशुल्क र बीमादर, जोखिमाङ्कन, दाबी, निर्जीवन बीमाको बजारीकरण, बीमा अभिकर्ता र कर, बीमा सम्बन्धी कानूनी व्यवस्था र बीमा बजार लगायतका विषयवस्तुलाई समेटेको छ ।

कस्ता कस्ता परीक्षार्थीले परीक्षा दिन पाउँछन्

बीमा अभिकर्ताको परीक्षा दिनका लागि दुई प्रकारका परीक्षार्थी हुन सक्छन् । पहिलो बीमा कम्पनीले तालिम दिएका र पास गरि सकेपछि सोहि बीमा कम्पनीमा काम गर्ने सम्झौता गरेका र दोस्रो कुनैपनि कम्पनीसँग त्यस प्रकारको सम्झौता नगरेका र पास भएपछि चाहेको कम्पनीमा आवद्ध भएर काम गर्ने मनस्थिति बनाएका छन् ।

यसरी लिइने परीक्षाले हरेक व्यक्तिलाई स्वतन्त्र रुपले काम गर्ने वातावरण पनि दिनेछ । अभिकर्ताको परीक्षा पास भएको एउटा निश्चित समयभित्र कुनै न कुनै कम्पनीमा आवद्ध भएर काम सुरु गरेको हुनु पर्ने समय सीमा पनि प्राधिकरणले तोक्नु पर्छ । जस्तो पास भएको दुइ बर्षभित्र काम सुरु गरेको हुनु पर्ने अन्यथा लाइसेन्सका लागि पुन जाँच दिनै पर्ने व्यवस्था गरिनु पर्छ ।

इजाजत पत्र कस्ले पाउने
बीमा प्राधिकरणले लाइसेन्स वितरणका बारेमा केही मापदण्ड तोकेको छ । तर, ती पर्याप्त छैनन् । जसमा केही थप्न आवश्यक हुन्छ जस्तो प्रहरी, सेना, ससस्त्र प्रहरी, मन्दिरका पुजारीजस्ता व्यक्तिलाई लाइसेन्स दिइनु हुँदैन जस्ले आफ्नो शक्तिको दुरुपयोग गरि व्यक्तिमाथि व्यवसाय गर्ने सम्भावना रहन्छ ।

यस्तै लासेन्सको आवेदनसँगै प्राधिकरणले आवेदकसँग अनिवार्य प्रहरी प्रतिवेदन माग गर्नुपर्ने हुन्छ । हत्या हिंसा, मानव बेचबिखन, चोरी डकैती, अपहरण, सार्वजनिक सम्पत्तिको दुरुपयोग आदि गरेका व्यक्तिले जीवन बीमाको लाइसेन्स पाउनु हुँदैन । यस्तै कालोसुचिमा परेको र टाट पल्टेको व्यक्तिले पनि लाइसेन्स पाउनु हुँदैन । यसका लागि लाइसेन्सको आवेदनसँगै कालो सूचिमा परेको वा नपरेको बिबरण माग गरिनु पर्छ । यो प्रकृया लाइसेन्स लिनेका लागि केही खर्चिलो हुन सक्छ । तर, यसले यो बजारमा बास्तवमै काम गर्न इच्छुक र विश्वासिला व्यक्तिको प्रबेस गराउँछ ।

लाइसेन्स प्रक्रिया
अभिकर्ताको लाइसेन्स लिन चाहनेले बीमा प्राधिकरणले लिएको जाँचमा पास भइसकेपछि कुनै एक बीमा कम्पनीको सिफारिसमा मात्र उक्त व्यक्तिलाई बीमा अभिकर्ताको लासेन्स र बीमाका लागि काम गर्ने कोड प्रदान गर्नुपर्छ ।
प्राधिकरणले लिएको जीवन बीमाको जाँच पास गरे र त्यसको नतिजा उनको इमेलमा प्राप्त भयो । अब उनी देउराली जीवन बीमा कम्पनीसँग आवद्ध भएर बीमा अभिकर्ताको काम गर्न चाहन्छन् ।

उनले परीक्षा पास गरेको विवरणसहित जीवन बीमा कम्पनीसँग लाइसेन्सका लागि स्पन्सर गर्न अनुरोध गर्छन् । जीवन बीमा कम्पनीले बेनुपको आवश्यक कागजातसहित सम्पूर्ण विवरण बीमा प्राधिकरणमा पठाउनेछ । उनी अन्य कुनै कम्पनीमा आवद्ध भए नभएको, प्रहरी प्रतिवेदन र कालो सूचि जस्ता कुराको यकिन गरी प्रकृया पुर्याएर उनलाई प्राधिकरणले बीमा अभिकर्ताको काम गर्नका लागि स्वीकृती दिनेछ ।

प्राधिकरणबाट स्वीकृती दिइसकेपछि उनले कम्पनीबाट सफ्टवयर प्राप्त गरी काम गर्न पाउने छन् । यसपछि बेनुप जस्ता अन्य अभिकर्ताको क्षमता बिकासका लागि कम्पनीले थप तालिम दिन सक्ने छ ।

7 thoughts on “यस्तो छ- कार्तिक १ गतेबाट बीमा अभिकर्ताको नयाँ लाइसेन्स लिने प्रकृया, परीक्षादेखि पाठ्यक्रमसम्मको सम्पूर्ण जानकारी

  1. gyanendra gurung says:

    साह्रै झन्झटिलो भएछ लाईसेन्स लिन।

  2. सुरेन्द्र राई says:

    समग्रमा याे व्यवस्था नयाँ बन्न चाहने अभिकर्ताको लागि झन्झटिलो देखिए पनि यसले वीमा क्षेत्रमा देखिने विकृतिहरुलाई न्युनीकरण गर्न सहयाेग गर्न सक्छ भन्ने मेराे बुझाई छ। र याे व्यवस्था राम्रो नै छ भन्ने लाग्छ।

  3. डोल राज भुसाल says:

    पास भएका लाई जागिर को ग्यारेन्टी दिने भए त ठिकै हो 1 जना पनि बिमा गर्नी ग्यारेन्टी छैन तलब को पक्का छैन यो काम सफल हुनेछैन। जस्तो लाग्छ है म लाई अभिकर्ता नबनाऊ ने वा रोक्न गरेको काम हो

  4. lokendra baniya says:

    बिमा कोड नलि बिमा चाहिँ गरिरहेको अवस्थामा के ब्यबस्था हुन्छ???

  5. गोविन्द भट्टराई says:

    अलि झन्झटिलो प्रक्रियाले अभिकर्ता बन्ने संख्या कम हुने सम्भावना बढी हुन्छ

  6. Prakash dhungana says:

    यसमा तालीम गरेको ले मात्र पाउने प्रक्रिया छ कि जुन सुकै ले काम नगरेको भय पनि पाउने प्रक्रिया छ!!

  7. सुमन श्रेष्ठ says:

    यो प्रक्रियाले बिमा बजार खुम्चिने देखिन्छ, अभिकर्ता बन्नै मान्दैनन आजकल, आफ्नो बिमा गर्न मात्रै कतिपय अभिकर्ता बन्ने चलन छ, एस्तो झन्झतिलो प्रक्रियाले, धेरै मानिस बिमा बाट बन्चित हुने देखिन्छ |

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*