सेटिङमा लाइसेन्स लिएका लघुबीमा कम्पनीहरु छानविनमा

१७ बैशाख २०८३, बिहीबार ११:०६

काठमाडौं । नेपाल बीमा प्राधिकरणका तत्कालिन अध्यक्ष सुर्य प्रसाद सिलवालले तीन अर्ब रुपैयाँ घुस सेटिङमा लघुबीमा कम्पनीको लाइसेन्स वितरण काण्डमा सिआईबी र सम्पत्ति शुद्धिकरण विभागले हात हालेको छ ।
२०७९ सालको आम निर्वाचनको बेला तत्कालिन कांग्रेस, एमाले र माओवादीले मिलेर चुनाव खर्च उठाएको माइक्रो इन्स्योरेन्स कम्पनीको लाइसेन्स घोटाला काण्डमा प्रहरीले हात हालेसँगै अब बीमा क्षेत्रका भ्रष्टाचारीहरु कानुनको दायरामा आउने विश्वास गरिएको छ ।

यसैबीच, आज सम्पत्ति शुद्धिकरण विभागले सूचना जारी गर्दै माइक्रो इन्स्योरेन्स कम्पनीको शेयर किन्दा कुन कुन संस्थापक शेयरधनीहरुले कति कति रकम कस कसको खातामा हालेको हो ? सो सम्बन्धमा जानकारी दिन सूचित गरेको छ ।

सिआईबी स्रोतले लघुबीमाको बिषय अनुसन्धानको बिषय भएको स्वीकार गरेको छ । यद्यपि कुन तहको अनुसन्धान सुरु भएको भन्ने एकीन विवरण प्राप्त भइसकेको छैन । २०७९ सालमा तत्कालिन बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले सर्वोच्च अदालतसम्मै सेटिङ हानेर लाइसेन्स वितरण गरेका थिए । लघुबीमा कम्पनीहरुको लाइसेन्स वितरण गैर कानुनी भएको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको थियो । सो मुद्दामा अन्तरिम छलफलका लागि भनेर बोलाएर रिट नै खारेज गरिएको थियो ।

 

जम्मा ७ वटा लघुबीमा कम्पनीका लागि सुर्य सिलवालले आवदेन खुलाएका थिए । माइक्रो इन्स्योरेन्सको लाइसेन्समा ३१ वटा आवेदन परेकोमा ७ वटा दीपक भट्ट र सुर्य प्रसाद सिलवालले सेटिङ मिलाएका कम्पनीहरुलाई मात्रै लाइसेन्स दिइएको थियो । सो काण्डमा प्राधिकरणका तत्कालिन अध्यक्ष सुर्य प्रसाद सिलवाल, तत्कालिन अर्थमन्त्री जनार्दन शर्मा समेतको संलग्न रहेको थियो । सो काण्डमा उठाएको पैसाले अर्थमन्त्री शर्माले भाइ अनिल शर्माको नाममा करोडौं रुपैयाँ लगानी गरेका छन् । सामान्य अवस्थाका अनिल शर्मा अहिले करोडौं सम्पत्तिको मालिक बनिसकेका छन् ।

 

लघुबीमाको लाइसेन्सका लागि प्रतिकित्ता ५५ रुपैयाँदेखि १०० रुपैयाँसम्म घुस रकम संकलन

लघुबीमा, स्टक एक्सचेन्जसहितका लाइसेन्स वितरण रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी

लघुबीमाको लाइसेन्स लिलाम बढाबढमा बिक्री हुँदै, सूचना प्रकाशन गर्ने तयारीमा बीमा समिति

बीमा प्राधिकरणमा लघुबीमा कम्पनीका लागि नीतिगत भ्रष्टाचार, बीमा क्षेत्र नै बदनाम बन्ने जोखिम

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*