नेको इन्स्योरेन्स डुबाएर सिईओ अशोक खड्काले जोडे करोडौंको सम्पत्ति, कहिले होला छानविन ?

१७ बैशाख २०८३, बिहीबार ११:३६

काठमाडौं । नेपाल सरकारको २१ प्रतिशत भन्दा बढि अप्रत्यक्ष लगानी रहेको नेको इन्स्योरेन्स कम्पनीका सिईओ अशोक कुमार खड्काले करोडौं रुपैयाँ अकूत सम्पत्ति आर्जन गरेको खुलेको छ ।

करिब सात बर्ष अघि नेको इन्स्योरेन्स कम्पनीमा सिईओ बनेका खड्काको नाममा कालिकास्थानमा नौ करोड रुपैयाँ मूल्यको घर तथा जग्गा, काठमाडौंकै सिनामंगलमा घर तथा जग्गा रहेको छ भने रुपन्देहीको भैरहवामा श्रीमती सुचित्रा सिजापतिको नाममा दर्ता रहेको श्री हस्पिटालिटी कम्पनीको नाममा पाँच बिघा जग्गा खरिद गरेका छन् । त्यसैगरी, काठमाडौंको क्षेत्रपाटीमा ७ आना जग्गाको मालिक पनि सिईओ खड्काले नेको इन्स्योरेन्समै हेराफेरी गरेर खरिद गरेको चर्चा बीमा क्षेत्रमा व्याप्त छ ।

सिईओ खड्काले श्रीमतीको नाममा समृद्धि फाइनान्समा पाँच करोड रुपैयाँको शेयर किनेका छन् । त्यस्तै, हाल विभिन्न कम्पनीहरुमा, हाईड्रोपावर कम्पनीहरुमा पनि सिईओ खड्काले लगानी गरेका छन् ।

सिईओ खड्काले व्यापारी डा. बीरेन्द्र महतोलाई रिझाएर नेको इन्स्योरेन्स कम्पनीका सिइओ पदमा बहाल रहेकै अवस्थामा अकूत सम्पत्ति आर्जन गरेका छन् । अकूत सम्पत्ति आर्जन गरेपछि उनी जोगिनको लागि नेकपा एमालेमा आबद्ध भई निर्वाचनमा चुनाव लड्ने समेतको तयारी गरेका थिए ।

नेकपा एमालेको १० औं महाधिवेशनपछि गठन भएको केन्द्रीय लेखा समितिका सदस्य रहेर काम गरेका खड्काले एमालेको पार्टीको काममा नेको इन्स्योरेन्स कम्पनीको स्रोत दुरुपयोग गरेको तथ्यहरु समेत भेटिएका छन् ।

नेपाmल सरकारको लगानी रहेको कृषि विकास बैंक, नेपाल बैंक लगायतका निकायहरुको २१ प्रतिशत भन्दा बढि शेयर रहेको नेको इन्स्योरेन्स कम्पनीभित्र व्यापक घोटाला भएको चर्चा छ । उनले केही समय पहिले भव्य नयाँ घर समेत बनाएको बिषयले नेपालको सम्पत्ति शुद्धिकरण कानुनहरुलाई गिज्याइरहेको रुपमा समेत चर्चा भइरहेको छ । यति हुँदा पनि सिईओ थापामाथि ठोस रुपमा छानविन सुरु भइसकेको छैन । गृहमन्त्रालयले ध्यान पुगेको भएपनि छानविन अघि बढिसकेको छैन ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*