प्रहरी प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय खारेज

१० बैशाख २०८३, बिहीबार १३:०६

काठमाडौं । सरकारले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय खारेज गरेको छ ।

२०७५ साल भदौ १ गतेको मन्त्रिपरिषद् बैठकले महाराजगञ्जमा प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय भएको थियो ।

अहिलेको मन्त्रिपरिषद्ले यसलाई फेरि प्रहरी प्रतिष्ठानकै मातहतमा ल्याइने भएको शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*