हिमालयन रिमा राजिनामा दिएका अध्यक्ष शेखर गोल्छा सहितका संचालकहरुको साइलेन्स जवाफ

२० बैशाख २०८३, आईतवार १७:०९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सोधेको सपष्टिकरणमा हिमालयन रि मा राजिनामा दिएका अध्यक्ष शेखर गोल्छा सहितका संचालकहरुले साइलेन्स जवाफ दिएका छन् ।

नेपाल बीमा प्राधिकरणले एक साता अघि संचालक सहित उच्च व्यवस्थापकहरुलाई सोधेको सपष्टिकरणमा अध्यक्ष शेखर गोल्छा सहितका संचालकहरुको साइलेन्स जवाफ दिएका हुन् ।

नेपाल बीमा प्राधिकरणले हिल्टन होटल र लगानीको सम्बन्धमा कम्पनीको अध्यक्ष, संचालक र उच्च व्यवस्थापकलाई सोधेको प्रश्नमा राजिनामा दिईसकेका अधिकाश संचालकहरुले राजिनामा दिईसकेको कारण यस बिषयमा जवाफ दिन उचित नरहेको जवाफ पठाएका छन् ।

पछिल्लो समय हिमालयन रि भित्र को विवाद बढेसँगै अध्यक्ष, संचालक सहित उच्च व्यवस्थापक टिमले भट्टाभट राजिनामा दिएका थिए ।
प्राधिकरणले राजिनामा दिएका अध्यक्ष सहित संचालकहरुलाई पनि सपष्टिकरण सोधेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*