विद्युत् प्राधिकरण र नियमन आयोगका उच्च पदाधिकारी स्वतः पदमुक्त

२१ बैशाख २०८३, सोमबार १८:०९

काठमाडौँ । ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ अनुसार विभिन्न पदाधिकारीहरू स्वतः पदमुक्त भएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आज जारी गरेको सूचनामा उक्त अध्यादेश बमोजिम नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक तथा सदस्य सचिव हितेन्द्रदेव शाक्यसहित सदस्यहरू रतनबहादुर ऐर, डा. बलबहादुर पराजुली, श्यामकिशोर यादव र रोहित पौडेल पदमुक्त भएको उल्लेख गरिएको छ ।

त्यसैगरी विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल तथा सदस्यहरू डा. मधुसुधन अधिकारी, डा. झमकप्रसाद शर्मा, गौतम डङ्गोल र भागिरथी भट्टराई ज्ञवाली पनि पदमुक्त भएका मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*