आइजीआई प्रुडेन्सियलले बीमा अभिकर्ता तालिम सञ्चालन गर्दै, एसईई उत्तीर्णले भाग लिन पाउने

२४ आश्विन २०८०, बुधबार ११:०७

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । बीमा कम्पनीमा अभिकर्ता भई कार्य गर्न इच्छुक व्यक्तिहरुलाई मध्यनजर गर्दै तालिम सञ्चालन गर्न लागेको हो ।

कम्पनीले २०८० कार्तिक २० गतेदेखि २२ गतेसम्म उक्त तालिम सञ्चालन गर्न लागेको हो । तालिममा सहभागी हु्नका लागि एस.एल.सी वा सो सरहको परीक्षा उत्तीर्ण गरी कृषि वा पशु तथा वनस्पति विज्ञानमा कम्तिमा एक वर्षको कार्यानुभव भएको हुनुपर्नेछ ।

तालिम लिन योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजातसहित कात्तिक १७ गतेभित्र कम्पनीको इमेल ठेगाना [email protected] मार्फत आवेदन पेश गर्न सक्नेछन् । कम्पनीले तालिम शुल्क एक हजार रुपैयाँ तोकेको छ भने तालिम देवघाट गाउँपालिका, तनहुँमा सञ्चालन गर्ने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*