सम्पत्ती बीमा निर्देशिका जारी, उद्योगको सम्पत्ति बीमा प्रिमियम दर घट्यो

२८ आश्विन २०८०, आईतवार १३:२२

काठमाडौं । बीमा प्राधिकरणले सम्पत्ती नयाँ बीमा निर्देशिका जारी गरेको छ । सम्पत्ती नयाँ बीमा निर्देशिका निर्देशिका जारी गर्दै प्राधिरकणले सम्पत्ति बीमालेख जारी गरेको हो । नेपाल बीमा प्राधिकरणले उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्दै उक्त क्षेत्रअन्तर्गतका उद्योगको सम्पत्ति बीमा प्रिमियम दर घटाएको छ ।

काठमाडौं । बीमा प्राधिकरणले सम्पत्ती नयाँ बीमा निर्देशिका जारी गरेको छ । सम्पत्ती नयाँ बीमा निर्देशिका निर्देशिका जारी गर्दै प्राधिरकणले सम्पत्ति बीमालेख जारी गरेको हो । नेपाल बीमा प्राधिकरणले उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्दै उक्त क्षेत्रअन्तर्गतका उद्योगको सम्पत्ति बीमा प्रिमियम दर घटाएको छ ।

सम्पत्ति बिमा २०८० को व्यवस्थाअनुसार निर्जीवन बिमा कम्पनीले कुनै पनि घर, पसल, उद्योग, कम्पनी तथा व्यावसायिक भवन र व्यापार–व्यवसायको बिमा गर्दा बिमालेखको प्रकार, जोखिमको प्रकृतिलगायत छुट्ट्याएर बिमालेख समेटी बीमादर निर्धारण गर्नुपर्ने छ।

जसमा कम्पनीहरूले मूल्यांकित बिमालेख, फ्लोटिङ बिमालेख, घोषणा बिमालेख, पुनस्र्थापनाबीमालेख, अनुसांगिक क्षति (कन्सिक्वेन्सियल लस) बिमालेख, बिमासम्बन्धी अन्य सर्त बिमालेख र मिश्रित बिमालेखमा वर्गीकरण गरी बिमा प्रिमियम दर निर्धारण गर्नुपर्ने छ।

नयाँ व्यवस्थाअनुसार सम्पत्ति बीमा गर्दा जोखिममा आधारित बिमादर निर्धारण गर्नुपर्ने छ। साथै, छोटा अवधिका बिमा शुल्कसम्बन्धी सम्पत्ति बीमा शुल्कमा समेत प्राधिकरणले छुट्टै व्यवस्था गरेको छ। प्रााधिकरणले एक महिनादेखि नौ महिनासम्मका लागि सम्पत्तिको १५ प्रतिशतदेखि ८५ प्रतिशतसम्म शुल्क दर निर्धारण गर्न पाउने व्यवस्था गरेको छ।

यसैगरी सम्पत्ति बीमाको नयाँ व्यवस्थाअनुसार कुनै पनि उद्योगमा रहेको सम्पत्तिको छुट्टाछुट्टै बीमा दर निर्धारण गर्नुपर्ने व्यवस्था गरिएको छ।
प्राधिकरणले यसअघि उद्योगको छुट्टै बीमा गर्नुपर्ने व्यवस्था हटाउँदै उद्योगमा रहेका सम्पत्ति र उत्पादित वस्तु, कच्चापदार्थ, तयारी वस्तु, निर्माणाधीन भवन, मेसिनरी सामानलगायतको छुट्टाछुट्टै मूल्यांकन गरी सोही आधारमा बिमालेख र बिमा दर निर्धारण गर्नुपर्ने व्यवस्था गरेको हो।

सम्पत्ति-बीमा-निर्देशन-२०८०

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*