१२८ मेगावाटको हाइड्रोपावरमा नेको इन्स्योरेन्सले ५० करोड लगानी गर्ने

३० आश्विन २०८०, मंगलवार १७:४७

काठमाडौं । तमोर मेवा हाइड्रोपावरको १२८ मेगावाटको आयोजनामा नेको इन्स्योरेन्सले १० प्रतिशत अर्थात ५० करोड लगानी गर्ने भएको छ ।

सोमबार स्पार्क हाइड्रोपावर लिमिटेडले प्रबद्र्धन गरेको तमोर मेवा हाइड्रोपावर र नेपाल विद्युत प्राधिकरणबीच पिपिएमा हस्ताक्षर भएको हो । आरओआर आयोजना ४ वर्ष भित्र निर्माण सम्पन्न गर्ने कम्पनीले जनाएको छ ।

कोशी प्रदेश ताप्लेजुङ जिल्लामा रहेको तमोर नदीमा निर्माण हुने आयोजनाको कुल लागत २३ अर्ब रुपैया हुने प्रक्षेपण गरिएको छ । प्रति मेगावाट लागत भने १८ करोड रहनेछ भने उक्त कम्पनीमा हिम रिभर लिमिटेडको समेत लगानी रहनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*