नेपाल लाइफद्वारा ‘तिमी यो दशैंमा के गर्छौ?’ टिकटक प्रतिस्पर्धाको आयोजना

१ कार्तिक २०८०, बुधबार १७:३१

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले बडा दशैंको अवसर पारेर टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ । कम्पनीले तिमी यो दशैंमा के गर्छौ? नामक टिकटक प्रतिस्पर्धाको आयोजना गरेको हो ।

तिमी यो दशैंमा के गर्छौ? नामक यस टिकटकको जिङ्गल https://vt.tiktok.com/ZSN6GFKjC/ मा ९ सहभागी प्रतिस्पर्धीहरुले आ–आफ्नो रचना प्रस्तुत गर्नुपर्नेछ । हरेक रचना तथा आउने लाइक, भ्युज र कमेन्टको आधारमा उत्कृष्ट ३ प्रतिस्पर्धीहरु छनौट गरि प्रथम, द्वितिय र तृतीय श्रेणीमा वर्गीकरण गरेर विजेता घोषणा गरिने कम्पनीले जनाएको छ ।

प्रथम हुनेलाई नगद रु. तीस हजार, द्वितियलाई रु. बीस हजार र तृतीयलाई रु. दस हजार पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ । यस टिकटक प्रतिस्पर्धामा देशैभरबाट इच्छुक जो–कोहीले यहि कार्तिक १ गतेदेखि १५ गतेसम्म सहभागी हुन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*